नेकपाका नेता तथा गाउँपालिका पूर्वअध्यक्ष रास्वपा प्रवेश
नेकपा नेता तथा दाङको बंगलाचुली गाउँपालिकाका पूर्वअध्यक्ष भक्तबहादुर वली रास्वपा प्रवेश गरेका छन् । उनलाई रास्वपाका सहमहामन्त्री तथा दाङ क्षेत्र नं २ का रास्वपा उम्मेदवार रहेका विपिनकुमार आचार्यले स्वागत गरेका छन् ।
वली २०७४ मा तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट बंगलाचुली गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । २०७९ र अहिलेको निर्वाचनमा उनी उम्मेदवारका लागि आकांक्षी भएपनि नपाएपछि असन्तुष्ट थिए ।
यसअघि २०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेबाट तत्कालीन काभ्रे गाविस अध्यक्ष निर्वाचित भएका थिए । पछि माओवादीमा प्रवेश गरी २०७४ मा गाउँपालिका अध्यक्ष भएका हुन् । यो क्षेत्रमा नेकपा एमालेका महासचिव शंकर पोखरेल उम्मेदवार छन् ।