नेपाली सेनाको २६३औँ स्थापना दिवस तथा शिवरात्रि भव्य रूपमा सम्पन्न
काठमाडौं । नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३औँ स्थापना दिवस तथा महाशिवरात्रि विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ ।
शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भए । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । यस अवसरमा सैनिक मञ्चमा परेड, तोप बढाइँ, कवाज तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । समारोहले नेपाली सेनाको गौरवमय इतिहास, अनुशासन र राष्ट्रप्रतिको समर्पणलाई उजागर गरेको सहभागीहरूले बताएका छन् ।