सरकारद्वारा नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय
१५ माघ, काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन १ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय भएको जानकारी दिए ।
‘२०८२/११/१ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै अर्यालले भने ।
यद्यपि, रासन रकम कति वृद्धि गरिएको भन्नेबारे भने सरकारले खुलाएको छैन ।