शहीद दिवसको अवसरमा काठमाडौंमा विशेष कार्यक्रम, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली
काठमाडौं, १६ माघ — शहीद दिवसको अवसरमा आज राजधानी काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। काठमाडौं महानगरपालिकाको आयोजनामा शहीद स्मारक लैनचौरमा विशेष समारोह सम्पन्न भएको छ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले समेत शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे। यसअघि प्रभातफेरि आयोजना गरिएको थियो। शान्तिवाटिकाबाट सुरु भएको प्रभातफेरिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहित सहभागीहरूले शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत गरे।
सभामा प्रधानमन्त्री, मन्त्री, उच्च सरकारी अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरूको सहभागिता रहेको थियो।