हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
सरकारले दुई लाख ६ हजार ३ सय ३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासनमा ढुवानी गरेको बताएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले शनिबार सरकारका सय दिने प्रगति सार्वजनिक गर्दै २ लाख ६ हजार ३ सय ३० थान राहदानी घरमै पुर्याइएको बताए । हाल २३ लाख ७५ हजार एक सय ८१ थान चालक अनुमति पत्र छपाइ सम्पन्न भइसकेको बताए ।
असार मसान्तसम्म २९ लाख छपाइ सम्पन्न गरिने उनले बताए । हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु गरिएको समेत उनले बताए । सय दिनमा सरकारले एक हजार पाँच सय बढी राजनीतिक नियुक्ति खारेज गरेको समेत मन्त्री पोखरेलले बताए । उनले हेलो सरकारमार्फत १० हजार ९ सय ३२ गुनासो प्राप्त भएको बताए ।