आइसिसी महिला टी–२० विश्वकप छनोटका लागि आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाली टिमले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाल र अमेरिकाको खेल बुधबार दिउँसो १ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।
जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
क्यानले आइतबार इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । क्यानले दोस्रो चरणको बन्द प्रशिक्षण क्याम्पमा २० जना खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।