आईएमएफबाट श्रीलंकालाई पुनर्निर्माणमा २० करोड ६० लाख सहयोग
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई झन्डै २० करोड ६० लाख अमेरिकी डलर आपत्कालीन सहयोग उपलब्ध गराउने भएको छ ।
शुक्रबार बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले विनाशकारी चक्रवात ुदितवाु बाट उत्पन्न समस्या तथा कठिनाइ समाधान गर्न यो सहयोग गर्ने निर्णय गरेको हो ।
नोभेम्बर १७ मा आएको दितवा चक्रवातले श्रीलंकामा ठूलो जनधनको क्षति गराएको छ । यहाँ मृत्यु हुनेको संख्या ६४३ पुगेको छ भने १८३ जना अझै बेपत्ता छन्। आईएमएफका उप–प्रबन्ध निर्देशक केन्जी ओकामुराले जारी गरेको वक्तव्यमा भनिएको छ ।
त्यसैगरी, श्रीलंका संसदले देशभर चक्रवातबाट प्रभावित नागरिकहरूको जीविकोपार्जन पुनःस्थापना गर्न १.६४ अर्ब अमेरिकी डलर बराबरको पूरक बजेट स्वीकृत गरेको छ ।