न्याम्समा फेलोसिप चिकित्सकलाई मास्टर स्तरको निर्वाह भत्ता
काठमाडौँ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालन भइरहेका विभिन्न फेलोसिप कार्यक्रममा भर्ना भएका चिकित्सकलाई अब मास्टर स्तर बराबरको निर्वाह भत्ता उपलब्ध गराइने भएको छ।
न्याम्सका सहायक डीन (परीक्षा) प्रा.डा. विकास विक्रम सिंह अधिकारीले जारी गरेको सूचनामा भनिएको छ कि २०८२-०१-०२ गते उपकुलपतिको अध्यक्षतामा बसेको बैठकले न्याम्सअन्तर्गतका आङ्गिक अस्पतालका सरोकारवालासमेतको उपस्थितिमा यो निर्णय गरेको हो।
निर्णय अनुसार, चिकित्सा शिक्षा आयोगको गाइडलाइनअनुसार फेलोसिप कार्यक्रममा अध्ययनरत चिकित्सकले मास्टर तह बराबरको भत्ता पाउनेछन्। यसले फेलोसिप अध्ययनरत चिकित्सकको आर्थिक भार घटाउने साथै अध्ययन र सेवामा थप उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ।
न्याम्स अन्तर्गत वीर अस्पतालसहितका आङ्गिक अस्पतालमा कार्यरत फेलोसिप चिकित्सकहरूले लामो समयदेखि निर्वाह भत्ता बढाउन माग गर्दै आएका थिए।