जापानमा भूकम्पबाट कम्तिमा ३० जना घाइते
जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० किलोमिटर गहिराइमा रहेको थियो ।
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको थियो, तर अहिले उक्त चेतावनी हटाइएको छ । यद्यपि तटमा ७० सेन्टिमिटर उँचो लहर देखिएको छ । केही रेल सेवा रोकिएका छन् भने हजारौंको घरमा बिजुली गएको छ ।