लाइफ इन्स्योरेन्स कर्पोरेसनद्वारा २१.०५ प्रतिशत नगद लाभांश घोषणा
६ पुस, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीका लागि २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशतका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार उक्त लाभांश करसहितको नगद लाभांश हो ।
घोषित लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
नेप्सेमा हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब ९३५ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।