धोबी खोलामा भेटिएको शवको पहिचान खुल्यो: मृतक ललित गिरी
काठमाडौँ, ४ मंसिर । धोबी खोलामा साइकलसहित फेला परेको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बिहीबार बिहान काठमाडौँ महानगरपालिका–२९, रुद्रमति पुल नजिक शव भेटिएको हो।
मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा ललित गिरी रहेको पुष्टि भएको छ। घटनास्थलमा प्रहरी टोली परिचालित छ र प्रहरीले मृत्युको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको जनाएको छ।