काठमाडौँ महानगरद्वारा सानो गौचरण मैदानका संरचना भत्काइँदै
काठमाडौँ महानगरपालिकाले वडा नम्बर ५, सानो गौचरण खेलकुद मैदान भित्र रहेका अनधिकृत संरचनाहरू भत्काउन सुरु गरेको छ। महानगर प्रहरी बलले डोजर प्रयोग गरी जिल्ला खेलकुद विकास समितिले बनाएका १७ वटा सटर र पक्की घरहरू हटाउन थालिएको छ।
वडा अध्यक्ष विरेन्द्र प्रजापतिका अनुसार, महानगरपालिकाले सानो गौचरणलाई राष्ट्रिय स्तरको रंगशाला बनाउन लाग्दा अनधिकृत संरचना हटाउन आवश्यक भएको हो। अब महानगरपालिकाले स्वयं प्यारापिट सहितको स्टेडियम निर्माण गर्ने योजना बनाएको छ।