कुटपिट मुद्दाका फरार अभियुक्त ३० वर्षपछि पक्राउ
स्याङ्जा, २१ कात्तिक । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ३० वर्षदेखि फरार रहेर लुकेर बसेका एक कुटपिट मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जा जिल्लाका एक ५० वर्षीय पुरुष रहेका छन्। उनीमाथि २०५२ सालमा कुटपिट मुद्दा दर्ता भएको थियो।
प्रहरीका अनुसार अदालतले दोषी ठहर गर्दै सजाय तोकेको भए पनि उनी त्यसयता फरार थिए। लामो अनुसन्धान र सूचनाको आधारमा प्रहरीले उनलाई हाल नियन्त्रणमा लिएको हो। पक्राउ परेका अभियुक्तलाई अदालतको आदेशअनुसार आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।