जेनजी प्रदर्शनमा प्रहरीमाथि आक्रमण गर्ने ११ जनामाथि मुद्दा दायर
काठमाडौँ, २० कात्तिक – भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण र हतियार लुटपाटमा संलग्न रहेको आरोपमा ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
दोलखाका गौतम घिसिङसहितका अभियुक्तहरूले प्रहरीलाई बर्दी खोल्न लगाएर बागमतीमा हाम फाल्न बाध्य पारेको आरोप लागेको छ।
घिसिङले बयानमा आन्दोलनकारीहरूले प्रहरीमाथि कुटपिट र ढुङ्गा प्रहार गरेको स्वीकार गरेका छन्। जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तसमेत रहेको प्रहरीले जनाएको छ।