विप्लवको नयाँ कम्युनिस्ट केन्द्र गठन प्रयास, शर्मा–भुसालसँग सहमति
काठमाडौं — नेकपा (विप्लव) का महासचिव नेत्र विक्रम चन्द विप्लवले जनार्दन शर्मा र घनश्याम भुसालसँग मिलेर नयाँ कम्युनिस्ट केन्द्र बनाउने सहमति भएको जानकारी दिएका छन्।
निर्वाचन आयोगमा दल दर्ता गर्न पुगेका विप्लवले तीन नेताबीच आज बिहान भेटवार्ता भएको र त्यसबाट नयाँ समाजवादी कम्युनिस्ट केन्द्र निर्माणको पहल गर्ने निर्णय भएको बताए। उनले भने, “नेपालको अस्थिर र सङ्कटपूर्ण राजनीति छ, त्यसलाई निकास दिन सचेत सबै मित्रहरूसँग मिलेर देशभक्त, समाजवादी र कम्युनिस्टसँग पहल गर्ने सहमति भएको छ।”
विप्लवले कम्युनिस्ट पार्टी एकताको बहस जारी रहेको र आफूहरू चुनावमा जान तयार भए पनि उपयुक्त वातावरण नबनेको समेत उल्लेख गरे।