राजीनामा दिएर फिर्ता गरेको गाडी तमुले पुनः लिएपछि सभामुख गाडीविहीन
२१ कात्तिक, पोखरा – जेनजी आन्दोलनपछि राजीनामा घोषणा गर्दै गाडी फिर्ता गरेका राप्रपा गण्डकीका नेता पञ्चराम तमुले पुनः त्यही गाडी लिएर गएका छन्।
तमुले फिर्ता गरेको *ग १ झ ४५२ नम्बरको* गाडी सभामुख कृष्णप्रसाद धितालले प्रयोग गर्दै आएका थिए। संसद सचिवालयका अनुसार तमुले मौखिक जानकारी मात्र दिएर गाडी फिर्ता गरेका थिए र केही दिनअघि पुनः लिएर गएका हुन्।
गाडी लिएपछि सभामुख धिताल गाडीविहीन बनेका छन्। उनले गाडी थोरै भएकाले “आलोपालो चलाउनुपर्ने” स्थिति आएको बताए।
जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी हुँदा सचिवालयका अधिकांश सवारी साधन जलेका थिए। अहिले संसदसँग जम्मा तीनवटा गाडी मात्र बाँकी छन्।