पनौतीमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ
पनौती नगरपालिका-४ बसपार्कस्थित होटलमा शनिबार राति जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये होटल सञ्चालक मणिक श्रेष्ठ पनि रहेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु. २९,२३० र १ बुक ताससहित नियन्त्रणमा लिएको छ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।