लमजुङमा जिपको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
लमजुङ — आज बिहान लमजुङको बागलुङपानीमा जिपले ठक्कर दिँदा दुई वर्षीया नेरिमा तामाङको मृत्यु भएको छ।
घटनास्थल क्व्होलासोथार गाउँपालिका–३ बाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले नेरिमा तामाङलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घाइते बालिकालाई उपचारका लागि बेँसीसहर प्रदेश अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले उनको मृत्यु घोषणा गरेका थिए।
प्रहरीले जिप चालक, २९ वर्षीय मदन दुलाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। बालिकाको शव परीक्षण भइरहेको र परीक्षणपछि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।