गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता
काठमाडौँ, २० कात्तिक – गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय र आगामी प्रतिनिधिसभा निर्वाचनसम्बन्धी छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। साथै, जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको भण्डारीको निवास निरीक्षण पनि गरिएको थियो।
यसअघि गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरिसकेको छन्।