सुदूरपश्चिमले काठमाण्डुलाई दियाे जितका लागि १४८ रनको लक्ष्य
हर्मित सिंह चम्किँदा सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४७ रन बनायो । सुदूरपश्चिमका लागि हर्मितले ५३ रनको अर्धशतकीय पारी खेले । २० बल खेलेका उनले २ चौका र ६ छक्का प्रहार गरे।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाउँदा आरिफ शेखले २५ रनको योगदान गरे । इशान पाण्डेले पनि ११ रनको योगदान गरे। काठमान्डुका लागि करण केसीले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३० रन खर्चे । काठमान्डुका मिलिन्द कुमार, सन्नी पटेल र राशिद खानले दुई दुई विकेट लिए।