राष्ट्रपति पौडेल आज गौरीघाटमा छठ पूजा गर्न जाने
राष्ट्रपति रामचन्द्र पौडेल आज दिउँसो ४ बजे काठमाडौंको गौरीघाटमा छठ पूजा गर्न जाने भएका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल छठ पूजाका अवसरमा गौरीघाटस्थित पूजास्थल पुगेर पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी शीतल निवास फर्कनेछन्।