हिमपहिरोपीडितको तत्काल उद्धार गर्न कांग्रेसको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसले हालै विभिन्न हिमालमा गएको हिमपहिरोमा परेका स्वदेशी तथा विदेशी नागरिकको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ।
कांग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले बिहीबार विज्ञप्ति जारी गर्दै उद्धारको पर्खाइमा रहेका पर्यटक र नेपाली नागरिकलाई शीघ्र उद्धार गर्न तथा बेपत्ता भएकाको खोजी तत्काल गर्न माग गरेकी छन्।
विज्ञप्तिमा कांग्रेसले हिमपहिरोका कारण ज्यान गुमाएका स्वदेशी र विदेशी नागरिकप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, घाइतेको स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएका नेपाली परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारलाई अनुरोध गरिएको छ।