ओलीको आरोप: कार्की सरकार असंवैधानिक र प्रतिगामी
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक र प्रतिगामी सरकारको संज्ञा दिएका छन्। उनले संविधान उल्लंघन गरेर पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री बनेको आरोप लगाउँदै यसलाई लोकतन्त्रविरोधी कदम भनेका छन्।
एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा ओलीले डिस्कर्डबाट प्रधानमन्त्री चुन्नु र दुई–दिनको अराजकताबाट सरकार गठन हुनु संविधान र जनताको प्रतिनिधित्वविरोधी भएको बताए। उनले सरकारलाई कमजोर, जनसमर्थनविहीन र इतिहास तथा परम्परामा आधारित नभएको पनि टिप्पणी गरे।