१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा ५२ वर्षीय पुरुष पक्राउ
दिपायल, २५ कात्तिक।१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दिपायल सिलगढी नगरपालिका–१ ढार्चुम्माका ५२ वर्षीय ओम प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पीडित पक्षले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको टोलीले शनिबार दिउँसो चन्दलाई पक्राउ गरेको हो।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।