गृहमन्त्री अर्याल र बेलायती राजदूत फेनबीच शिष्टाचार भेट
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालस्थित बेलायती राजदूत रोब फेनबीच शुक्रबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटबारे जानकारी मन्त्री अर्यालको सचिवालयले सार्वजनिक गरेको हो।
भेटका क्रममा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्था, जेनजी आन्दोलनपछिको संक्रमणकालीन स्थिति तथा शान्ति–सुरक्षा व्यवस्थापनका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।
आन्दोलनपछिको अवस्थालाई सामान्य बनाउने क्रममा सरकारले खेलेको भूमिकाबारे गृहमन्त्री अर्यालले ब्रिफिङ दिएका थिए।
यसैबीच, राजदूत फेनले आगामी २१ फागुनमा घोषणा भएको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न बेलायत सरकार आवश्यक सहयोगका लागि तयार रहेको बताएका छन्।