काठमाडौं महानगरपालिकाले करार सेवामा कर्मचारी माग्यो
काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ।
बागमती प्रदेश सरकारबाट जारी *स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९* र *काठमाडौं महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९* बमोजिम आवेदन माग गरिएको हो।
महानगरपालिकाले नगर प्रहरी जवान, हलुका सवारी चालक र कार्यालय सहयोगी पदका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।
सूचनामा उल्लेख भएअनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आवेदन पेस गर्न सक्नेछन्।
महानगरपालिकाले आवश्यक संख्यामा योग्य र दक्ष जनशक्ति करार सेवामार्फत छनोट गरी नियुक्त गर्ने जनाएको छ।