बिहार चुनाव : प्रारम्भिक मतगणनामा महागठबन्धन अग्रता
२८ कात्तिक, काठमाडौं । बिहार विधानसभा निर्वाचनको प्रारम्भिक मतगणना आज बिहानदेखि सुरु भएको छ। २४३ सिटका लागि भएको निर्वाचनमा प्रारम्भिक परिणाममा नीतीश कुमार नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) र तेजस्वी यादव नेतृत्वको महागठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ।
ताजा रुझानअनुसार तेजस्वी यादव नेतृत्वको महागठबन्धन ७९ सीटमा अगाडि छ। महागठबन्धनमा राष्ट्रिय जनता दल (राजद), कांग्रेस, सीपीआई (एमएल) लगायत दलहरू समावेश छन्।
पार्टीगत हिसाबले हेर्दा जनता दल युनाइटेड (जेडीयू) ७५ सीटमा र भारतीय जनता पार्टी (भाजपा) ७० सीटमा अगाडि छन्। यसले ठूलो दल बन्ने दौड मुख्यतः बीजेपी र जेडीयूबीच नै सीमित रहेको संकेत गर्छ।
सरकार गठनका लागि आवश्यक बहुमत १२२ सीट हो।
अघिल्लो चुनावमा राजद ७४ सीटसहित सबैभन्दा ठूलो दल बनेको थियो भने भाजपा एक सिटले पछि परेको थियो। यसपटक भने ६७ प्रतिशतको रेकर्ड मतदान भएकाले नतिजामा रोचक मोड आउने अपेक्षा गरिएको छ।