चन्द्रगिरी केवलकार शनिबारदेखि पुनः सञ्चालनमा
काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण बन्द रहेको चन्द्रगिरी केवलकार शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।
गत भदौ २३ र २४ गतेको आन्दोलनपछि क्षतिग्रस्त केवलकारको मर्मत र पुनःनिर्माण सम्पन्न भएपछि यही कात्तिक २२ गतेदेखि सेवा पुनः सुरु गर्ने तयारी भएको कम्पनीले जनाएको छ।