एनपीएल: विराटनगरले टस जितेर पहिला फिल्डिङ, चितवन राइनोजले ब्याटिङ सुरु गर्ने
१० मंसिर, कीर्तिपुर — नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किङ्सविरुद्धको खेलमा चितवन राइनोजले पहिला ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुन लागेको १२ औं खेलका लागि टस विराटनगरले जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो।
विराटनगर किङ्स यसअघि सम्पन्न तीन खेलमा शतप्रतिशत जित निकाल्दै चौथो लगातार जितको लक्ष्य राखेको छ। यस टिमले जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको छ।
चितवन राइनोज भने दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। यस टिमले लुम्बिनी लायन्ससँग पराजित भए पनि कर्णाली याक्सलाई हराएको अनुभव छ।