विद्यार्थी बोकेको बस दुर्घटनमा परी ११ जना घाइते
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी पर्यटकीय क्षेत्र रानीमहल जाने क्रममा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको छ । उनीेहरुको अवस्था सामान्य छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।