बढी भाडा असुल्ने १९ वटा यात्रुवाहक सवारी कारबाहीमा
तिहारमा उपत्यकाबाट बाहिरिने यात्रुहरूसँग धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले १९ वटा यात्रुवाहक सवारीसाधनलाई कारबाही गरेको छ । मंगलबार चेकजाँच गर्दा धेरै भाडा असुलेको भेटिएपछि १९ वटा यात्रुका चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
चाडपर्वको मौका छोपेर तोकिएको भन्दा धेरै भाडा असुलेको थाहा पाएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा जानकारी गराउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ । बढी भाडा असुल्ने चालकलाई यातायात व्यवस्था ऐन–२०४९ अनुसार कारबाही हुने कानुनी व्यवस्था छ ।