क्यानडासँग ट्रम्पले व्यापार वार्ता तोडेर बढाए १० प्रतिशत भन्सार दर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि हालको भन्सारमा थप १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेका छन्। क्यानडाको ओन्टारियोमा भइरहेको बेसबल विश्वकपका क्रममा प्रसारित एउटा विज्ञापनप्रति असन्तुष्टि जनाउँदै उनले यो कदम चालेका हुन्।
उक्त विज्ञापनमा पूर्व राष्ट्रपति रोनाल्ड रेगनको भिडियो प्रयोग गरी भन्सारले “व्यापार युद्ध र आर्थिक विनाश निम्त्याउँछ” भन्ने सन्देश दिइएको थियो। ट्रम्पले विज्ञापनलाई “भ्रामक र शत्रुतापूर्ण” भन्दै क्यानडासँगको व्यापार वार्ता तोडेका र ट्रुथ सोसलमा पोस्ट गर्दै भन्सार वृद्धि गर्ने बताएका हुन्।
अमेरिकाको वाणिज्य मन्त्रालय र क्यानडाका अधिकारीहरूले यसबारे अहिलेसम्म प्रतिक्रिया दिएका छैनन्। प्रभावित वस्तुहरू के हुने भन्ने पनि स्पष्ट छैन।