सरकारमा जेन–जी मुस्लिम समुदायको सहभागिता सुनिश्चित गर्न माग
जेन–जी मुभमेन्ट एलाइन्सअन्तर्गत रहेको जेन–जी मुस्लिम समुदायले सरकारमा आफ्नो समुदायको सहभागिता सुनिश्चित गर्न माग गरेको छ ।
उक्त समुदायले आइतबार एक विज्ञप्ति प्रकाशित गरी जेन–जी आन्दोलनपश्चात् गठन भएको प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारमा आफ्नो समुदायको पनि सहभागिता हुनुपर्ने माग गरेको हो ।