जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गर्ने ‘चक्रे’ समूहका सदस्य पक्राउ
जेनजी प्रदर्शनमा काठमाडौँको बुढानीलकण्ठ र महाराजगन्ज क्षेत्रमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ घर भएका ४० वर्षीय सोनाम थेबे छन् ।
थेबे गुन्डा नाइके चक्रे मिलन ‘मिलन गुरुङ’ समूहका सदस्य भएको प्रहरीको भनाइ छ । जेनजी प्रदर्शनको क्रममा उनले भदौ २४ मा बुढानीलकण्ठमा एकजना प्रहरी अधिकृतको घर जलाउन भिडलाई उत्तेजित बनाएको भिडियोका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी महाराजगन्जमा पनि उच्छृङ्खल गतिबिधीमा संलग्न रहेको प्रहरी अधिकृतहरू बताउँछन् । असोज २ मा पक्राउ परेका थेबे विरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए । उनी संलग्न अन्य घटनाबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।