चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु
चितवनमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक युवकको मृत्यु भएको छ। राति साढे १२ बजेतिर खैरहनी-२ जनजीवन टोलस्थित भित्री सडकमा बागमती प्रदेश ०३-००५ प ४३०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा पहिचान नखुलेका अन्दाजी २०/२२ वर्षका युवकको मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले जानकारी दिए। टाउकोमा गम्भीर चोट लागेका उनको भरतपुर अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो।