जबरजस्ती करणीको अभियोगमा झापाबाट एक जना पक्राउ
झापाको मेचीनगर नगरपालिका-१३ बस्ने ४७ वर्षीय दिलीप कुमार यादवलाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
दिलीपले २७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार राति पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।