सम्मानित नेता झलनाथ खनालमा चरम पुत्र मोह
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो छोरा निर्भीक खनाललाई युवा सङ्घको समान्नर कमिटीको उपाध्यक्ष बनाए पछि युवासघमा चरम विवाद देखिएको छ। केन्द्रीय कमिटीको निर्णय विपरीत झलनाथ खनाल पक्ष भनेर चिनिएका इलामका संजीव राईको संयोजकत्वमा १२१ सदस्य युवा घोषणा भएको छ। उक्त कमिटीको अधिकांश सदस्यहरु संस्थापन पक्षका संयोजक रोशन थापाको आयोजक कमिटीमा छन्। उक्त कमिटीका अधिकांश सदस्यले आफूहरूको इच्छा विपरीत कुनै सल्लै नगरी कमिटीमा राखिएको भन्दै आपत्ति जनाएका छन्। राईको कमिटीका अधिकांश नेता तथा कार्यकर्ता संयोजक रोशन थापाको आयोजक कमिटीका सदस्य छन। बर्दियाकि बबिता पाण्डे, स्याङ्जाका सन्तोष सापकोटा, गोरखाका ध्रुव अधिकारी र सुनसरीका पुष्पा अधिकारी लगायतले आफूसँग कुनै सल्लाह नगरी सदस्य बनाएको भन्दै सामाजिक संजाल मार्फत आपत्ति जनाएका छन्। यसले विधि, पद्धतिको र समाजवादको फोस्रो कुरा गर्ने सम्मानित नेता झलनाथ खनालको असली चरित्र उदाङ्ग पारेको युवा सघ अनुशासन आयोगले जनाएको छ। युवा सङ्घको केन्द्रीय अनुशासन आयोगले सहसंयोजक सञ्जीव राईलाई संगठनको विधान र निर्णय विपरीत कार्य गरेको भन्दै लिखित स्पष्टीकरण सोधेको छ।