शिक्षामन्त्री रघुजी पन्तले गरे सगरमाथा एजुकेसनलाई एकेडेमीलाई सम्मान
नेसनल प्याप्सन काठमाडौँ जिल्लाको आयोजनामा नेसनल प्याब्सन काठमाडौँभरिका सदस्य विद्यालयहरूका उत्कृष्ट विद्यार्थी ,शिक्षक एवं विद्यालयलाई सम्मान गर्ने कार्यक्रम २०२८ श्रावण १० गते शनिबार बत्तिस पुतलीस्थित अनुपम फुडल्यान्डमा सम्पन्न भयो। उक्त कार्यक्रममा काठमाडौँ जिल्लाभरिका नेसनल प्याप्सन सदस्य विद्यालयहरू मध्यबाट सगरमाथा एजुकेसन एकेडेमी औसत ३.८० जी पि ए प्राप्त गरी २३ भन्दा बढी विद्यार्थी एस इ इ दिने विद्यालयहरूका तर्फबाट काठमाडौँमा प्रथमको उपाधि सहित कार्यक्रमका प्रमुख अतिथि माननीय शिक्षामन्त्री श्री रघुजी पन्तद्वारा दोसल्ला र प्रमाणपत्र सहित विद्यालयलाई सम्मान गर्नुभएको छ। शैक्षिक वर्ष २०८१ मा यस विद्यालयबाट २८ जना विद्यार्थी एस इ इ मा सहभागी भएका थिए जसमध्येबाट अनुज थापा र सारिका कार्की पूर्र्ण जिपीए ४.०० सहित उत्कृष्ट विद्यार्थी सम्मान प्राप्त गर्नुभयो भने सोही विद्यालयमा अध्यापन गराउनुहुने नेपाली विषयकी शिक्षिका श्री मन्दिर फँुयालले नेपाली विषयमा काठमाडौँ प्रथमको सम्मान प्राप्त गर्नुभयो। उक्त सम्मानले विद्यालय परिवार हर्षित भएको जानकारी सहित सम्पूर्ण विद्यार्थी शिक्षक एवं अभिभावक ज्यूहरुलाई विद्यालयका प्रधानाध्यापक पुष्पराज सिंखडाले धन्यवाद व्यक्त गर्नुभयो। साथै नेपालको शैक्षिक उन्नयनमा लाग्न यस किसिमको सम्मान एवं पुरस्कारले हौसला प्रदान गरेको र अझ बढी जिम्मेवारी बोध भएको कुरा व्यक्त गर्नुभयो। समाज रूपान्तरणमा लाग्न थप हौसला मिलेको र आगामी दिनहरूमा पनि नेपालको शैक्षिक विकासमा सधैं लागि परिरहने धारणा व्यक्त गर्नुभयो। साथै प्रिन्सिपल सिंखडाले सगरमाथा एजुकेसनल एकेडेमी विद्यार्थीहरूका लागि उत्कृष्ट शैक्षिक गन्तव्य रहेको कुरा जनकारी गराँउदै विद्यालय प्रविधिमैत्री कक्षा कोठा, इन्टरनेट जडित स्मार्ट बोर्ड, पर्याप्त कम्प्युटर सहितको कम्प्युटर ल्याब, साइन्स ल्याब सहित विभिन्न विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालनमा रहेको जानकारी गराउनुभयो ।

विद्यालयको एकमात्र लक्ष विद्यार्थीहरूको चौतर्फी विकासमा योगदान पुर्याई विद्यार्थीहरूलाई समय अनुकूलको सीप सहितको शिक्षा प्रदान गर्ने जानकारी गराउनुभयो । विगत १९ वर्षदेखि एस एल सी र एस इ ई मा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयको सफलताको पछाडि अभिभावकहरूको विश्वास शिक्षकहरूको अथक परिश्रम र विद्यार्थीहरूको लगनशीलताका साथै सम्पूर्ण कर्मचारी विद्यालय प्रशासन र सञ्चालक ज्यूहरूको साथ र सहयोगबाट मात्र सम्पन्न भएको हुँदा यो सम्मान सम्मानका असली हकदार समस्त अभिभावक शिक्षक विद्यालय परिवार र सञ्चालक ज्यूहरू रहनुभएको हुदाँ प्रिन्सिपल सिंखडाल यो सम्मान उँहाहरुलाई सर्मपण गर्नु भएको छ ।