कक्षा १२ को नतिजा श्रावण तेस्रो सातासम्म सार्वजनिक हुने अनुमान
राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षाको उत्तरपुस्तिका जाँच कार्य तीव्र गतिमा भइरहेको छ। परीक्षा नियन्त्रक कार्यालयका अनुसार उत्तरपुस्तिका जाँचको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
परीक्षा नियन्त्रण शाखाका एक अधिकारीका अनुसार, “हाल देशभरका परीक्षा केन्द्रबाट प्राप्त उत्तरपुस्तिकाहरूको मूल्याङ्कन कार्य जारी छ र यदि हालको प्रगति यथावत् रह्यो भने कक्षा १२ को नतिजा श्रावण महिनाको तेस्रो सातासम्म सार्वजनिक हुने सम्भावना छ।”
यस वर्षको कक्षा १२ को परीक्षा जेठ महिनामा सञ्चालन गरिएको थियो, जसमा देशभरबाट लाखौं विद्यार्थीले सहभागिता जनाएका थिए। नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरू आफ्नो ग्रेडसिट अनलाइन तथा विद्यालयमार्फत प्राप्त गर्न सक्नेछन्।