कतारस्थित अमेरिकी एयरबेसमा इरानको मिसाइल हमला
इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ । अमेरिकाले उक्त घटना आफ्नो जानकारीमा आएको भन्दै सोमबारको आक्रमणबारे नजिकबाट अध्ययन गरिरहेको बताएको छ । उसले आफ्ना नागरिकलाई सुरक्षित हुन पनि भनेको छ ।
कतारले केही समयअघि आफ्ना नागरिक र पर्यटकहरूको सुरक्षाका लागि भन्दै हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको घोषणा समेत गरेको थियो । त्यसपछि दोहामा रहेको अमेरिकी एयरवेस खतरामा रहेको सूचना सार्वजनिक भएको थियो ।
इजरायल इरान तनावबीच अमेरिकाले इरानमा आक्रमण गरेपछि त्यसको बदला लिने धम्की इरानले दिएको थियो । त्यसक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारलाई सत्ताच्युत गर्ने सम्भावना खुला रूपमा व्यक्त गर्दै त्यस्ता कदम नलिन चेतावनी दिएका थिए ।