युवा सङ्घको मतदानमा विलम्ब
युवा सङ्घको पोखरा महाधिवेशन अन्तर्गत अहिले बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको मतदान डेढ घण्टा कटिसक्दा पनि सुरु भएको छैन । त्यसो त सोमबार बिहानै मतदान हुने भनिएको थियो । तर नाम केलाउन समय लागेपछि आजलाई मतदानको तालिका सारिएको हो ।
मतदानका लागि ४५ वटा मेसिन राखिएको छ । मतदान सुरु भएपछि नसकिँदासम्म जारी रहने बताइएको छ । आजै मतगणना सकेर नतिजा सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ । १ हजार ७ सय ५१ जना प्रतिनिधिले मतदान गर्नेछन् ।