राष्ट्रपति पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ ।
राष्ट्रपति निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटका विषयमा थप खुलाइएको छैन । यद्यपि आन्तरिक राजनीति तरंगित भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।