आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मनोगत आरोप लगाउनेलाई आरोप पुष्टि गर्न चुनौती दिएका छन् । ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा उठेका विषयको जवाफ दिँदा सांसदहरूले मनोगत आरोप लगाएको बताउँदै ती आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।
‘सैद्धान्तिक छलफलमा केही मनोगत आरोप लगाउने काम भयो । सांसदहरूले सदनमा बोल्दा सत्य र तथ्यका आधारमा बोल्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यो अनुसारका धारणा भएनन् कि मेरो बुझाइ छ,’ उपप्रधानमन्त्री पौडेलले भने ।