म्यानमारमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या १४४ पुग्यो
म्यानमारमा शुक्रबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । भूकम्पमा सयौँ घाइते भएको त्यहाँको सेनाले जानकारी दिएको हो ।
शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का छिमेकी थाइल्याण्डदेखि भारत र चीनसम्म पुगेको थियो । शनिबार त्यहाँ स–साना परकम्पहरू अझै पनि गइरहेका छन् ।
उद्धारकर्मीहरू रातभर घाइते तथा भग्नावशेषमा पुरिएकाहरूको खोजीमा खटिएका छन् । भूकम्पका कारण म्यानमारको दोस्रो ठुलो सहर म्यानडलेमा धेरै भवनहरू ढलेका छन् । म्यानडले र याङगुनमा विद्युत् आपूर्ति प्रभावित भएका छन् ।