काठमाडौंमा राप्रपाको मोटरसाइकल र्याली
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ । राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्यालीमा सहभागी भएका छन् ।
राजधानीका विभिन्न स्थानबाट निस्किएको मोटरसाइकल र्याली बबरमहलहुँदै नारायणहिटीसम्म पुगेको हो । राप्रपाको र्यालीका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ ।