डल्लुबाट सुन चोरेको आरोपमा ३ जना पक्राउ
काठमाडौँ महानगरपालिका–१५ स्थित डल्लुबाट सुन चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वसन्तपुर घर भएका ४१ वर्षीय नरेन्द्र देउला, काभ्रे घर भएका ३८ वर्षीय कोमल बहादुर कार्की र भारतीय नागरिक ५८ वर्षीय जागिर मालिक छन् ।
माघ २६ मा आरोपीहरूले दोलखाका फस्कु घर भएर डल्लुमा ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने सुनिता ठकुरीको डेराबाट सुन चोरेका हुन् । माघ २८ मा पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
आरोपीमध्येका नरेन्द्र देउला अन्य अपराधमा पनि संलग्न देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । उनीहरुले चोरेको गहना प्रहरीले बरामद गरेको छ ।