सुनको मूल्य दुई हजारले बढ्यो, १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार
शुक्रवार सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला एक हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।