रास्वपा संसदीय दलको बैठक जारी
सङ्घीय संसद्को यही माघ १८ गतेदेखि सुरुहुने हिउँदे अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उठान गर्ने विषयमा छलफल गर्न बोलाईएकोपार्टीको संसदीय दलको बैठक बनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी छ ।
दलका सचेतक निशा डाँगीले बैठकमा सङ्घीय संसद्को हिउँदे अधिवेशनमा रास्वपाको भूमिका, कार्ययोजना र प्राथमिकताबारे छलफल भइरहेको बताइन् ।
गत आइतबार बसेको रास्वपा सचिवालय बैठकले सरकारले ल्याएको पाँच अध्यादेशमाथि आफ्ना सांसदले गुण–दोषका आधारमा धारणा राख्ने निर्णय गरेको थियो ।