विद्यार्थी नेता दीपेश पुनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा विद्यार्थी नेता दीपेश पुनकी पत्नीविरुद्ध पनि पक्राउ पुर्जी आएको छ । उनकी पत्नी सविना आले मगरलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।
दीपेश माओवादी (केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव हुन् । सविना कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध थिइन् । सो सहकारीको अपचलनबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।