उदयपुरको त्रियुगा–१२ मा माओवादी केन्द्रका राई विजयी
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । त्रियुगा नगरपालिका १२ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नविनकुमार वान्तवा राई निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रका उम्मेदवार राईले ९ सय २३ मत ल्याएर जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीनारायण चौधरीले ६ सय ८ मत प्राप्त गरेका छन् ।